खकेन्द्र केसी/फागुन २७, सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
फाइल तस्बिर
श्रीनगरबाट लुहामतर्फ जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर साेमबार बेलुका ८ बजेतिर शारदा नगरपालिका १ सान्तिनगरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि शारदा नगरपालिका १३ स्यानीखालका २४ बर्षीय चालक कृष्ण बहादुर डाँगी र शानपा १ चैपाबाङ जिउलाका १४ बर्षीय अम्बर नाम गरेका बालककाे मृत्यु भएकाे जिल्ला अस्पताल सल्यानबाट प्रहरी सुन्द्रर चाैधरीले जानकारी दिएका छन् ।
छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीसहितको टोली भोटेचौरबाट श्रीनगरतर्फ आउदै गर्दा दुर्घटना भएको देखेपछि दुवैजनाकाे उद्दार गरेरजिल्ला अस्पताल सल्यान पुर्याएका थिए तर अस्पतालले दुबैजनालाई मृत घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस