अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा थापा निर्बाचित


फाल्गुन २७, रोल्पा । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रको प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशन फाल्गुन २५ गते रोल्पाको लिबाङ्गमा सम्पन्न भएको हो ।

समाजका अध्यक्ष सन्दिप थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मान बहादुर बुढा रहेका थिए, भने बिशेष अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख राज वहादुर वुढा, नगर प्रमुख पुर्ण के.सी र सहायक जिल्ला अधिकारी चुडामणि शर्मा रहेका थिए ।

अतिथिहरु प्रमुख सल्लाहकार काशिराम डागी, कानुनी सल्लाहकार खेम बुढा, जि.प्र.का प्रतिनिधि बत्ती प्रसाद पोखरेल, लेखापढी तथा कानुनी संघका अध्यक्ष होम बहादुर पुन, रेडक्रस जिल्ला अध्यक्ष नवलसिङ पुनमगर, सल्लाहकारहरु कुल बहादुर डागी, प्रेम बहादुर वलि, रासस रोल्पा उमा केसी, पत्रकार महासंघ अध्यक्ष महेश न्यौपाने रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वुढाले व्यानर उद्घाटन संगै पानसमा बत्तीबालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि मानबहादुरले संस्थालाई पचास हजार सहयोग गरि आजिवन सदस्य  बनेका थिए भने अन्य जिसस प्रमुख र नेपाली काङ्ग्रेसका कोषाध्यक्ष खटक बहादुर खत्रीले संस्थालाई कुनै पनि समयमा सहयोग दिने प्रतिबद्धता जनाएका थिए ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले संस्थाका सक्रिय पुर्वअध्यक्ष स्वर्गीय मोहनसिंह घर्ती साथै संस्थाका सल्लाहकार नन्द घर्तिको सम्झनामा माल्यार्पण भएको थियो । कार्यक्रममा उपस्थित मोहनसिंह घर्तिको परिवार भावह्विल भएर रोएकी थिइन् भने उनलाई देखेर कार्यक्रम हलमा उपस्थित सबै भावह्विल बनेका थिए ।

नयाँ तदर्स समिति गठन

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रले सन्दिप थापाको अध्यक्षतामा तदर्स समिति गठन भएको छ । समाजको उपाध्यक्ष इन्दिरा केसी, सचीवमा लेख प्रसाद रोका, कोषाध्यक्षमा नेप बहादुर पुन, र सदस्यहरु योगेन्द्र चन्द्र थापा, वकिल पुन मगर, माया घर्ती मगर, वीर बहादुर डाँगी, धनमाया रोका सर्बसम्मत निर्बाचित भएका छन् ।

पिडितका परिवारलाई आर्थिक सहयोग

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले गंगादेव गाउँपालीका १ ओत खेतडेरा निवासी मृतक मोहनसिङ घर्तिमगरको परिवारलाई १ लाख २० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मृतक घर्तिमगर २०७५ पौष महिनामा ३९ बर्षकै उमेरमा सुगर रोगका कारण निधन भएको थियो ।

घर्तिमगर अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापानका संस्थापक अध्यक्ष थिए । पिडित परिवारको सहयोगका लागि विभिन्न देशमा रहेका अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका उपशाखा द्वारा सहयोग जुटेको थियो । यसरि मलेसियाबाट २० हजार, कतारबाट ३० हजार, युएइबाट २५ हजार, साउदीबाट २५ हजार, २० हजार कुवेतबाट गरि जम्मा १ लाख २० हजार उठेको थियो ।

मृतक मोहन सिङग घर्तिकी श्रीमती गौकुमारी घर्तिमरलाई कार्यक्रमका विच समाजका केन्द्रिय अध्यक्ष शन्दिप थापाले सहयोग रकम हस्तान्तरण गरेका थिए । अध्यक्ष थापाका अनुसार बहराइन शाखाबाट १५ हजार रुपैया सहयोग आउन बाँकी रहेको जानकारी दिए । मृतक घर्तिका २ छोरा र १ छोरीलाई सेवा समाज जापानले १० कक्षा सम्म निशुल्क अध्यन गराउने बताइएको छ । उनीहरुलाई आवश्यक पर्ने सम्पुर्ण खर्च समाज जापाले सहयोग गर्ने भएको छ ।

त्यसैगरि रोल्पाकै बोनम्यारो पिडित प्रेम बहादुर पुनलाई उपचार खर्च स्वरूप ७ लाख ४० हजार रकम समाजले हस्तान्तरण गरेको थियो । उनि बिगत देखि बोन म्यारोबाट पिडित हुँदै आएका छन् । उनको सहयोगार्थ रोल्पाली सेवा समाजको पहलमा विभिन्न देशमा सहयोग अभियान चलेको थियो ।

 

२०७५ फाल्गुन २७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको