यस्तो छ आज सुनचाँदीको भाउ


फागुन २७, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६० हजार ५०० मा कारोबार भइरहेको छ ।

आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन ६० हजार २०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा रु ७४५ मा कारोबार भइरहेको छ ।

आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

२७ फाल्गुन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको