युवा संगठन दाङको तेस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा मनोज परियार निर्वाचित


माघ २८, दाङ । युवा संगठन, नेपाल दाङको तेस्रो जिल्ला सम्मेलनले मनाेज परियारको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन दाङको अाज घाेराहीमा सम्पन्न भएको सम्मेलनले उपाध्यक्षमा तुलसी चाैधरी, सचिवमा जीवनी चाैधरी, काेषाध्यक्ष सुदर्शनलाई निर्वाचित गरेको छ । सम्मेलननले ७ जनाको जिल्ला कार्यालय टिम समेत चयन गरेको छ ।

युवा संगठन, नेपालका केन्द्रीय अध्यक्ष पाटनकाे प्रमुख अातिथ्य एवं नेपाल कम्युनिस्ट पार्टी दाङका इन्चार्ज सविनकाे विशिष्ट अातिथ्यमा भएको कार्यक्रममा युवा संगठनका महासचिव सागर, युवा संगठनका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो संयाेजक तिलक याेगी लगायतकाे सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनले अहिले वर्तमान सरकारले समाजवादकाे नारा दिदै सत्ता भित्रको कुर्सीका लागि लडाई लडिरहेको हुनाले अब वास्तविक शान्ति र समृद्धिको लागि लागि वैज्ञानिक समावाद स्थापना गर्नुपर्ने समेत बताए ।

पार्टीको सहायक टिम युवा संगठन नेपाल भएको र आवश्यक परे सेना पनि बन्न तयार हुनुपर्ने उनको भनाई थियो । तुल्सी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जीबनी चौधरीले गरेकी थिईन

२८ माघ २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको