दाङमा अपहरित ३ वर्षीया बालिकाको उद्धार, एकजना पक्राउ


माघ २८, दाङ । दाङमा बालिका अपहरण गर्ने एकयुवालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो दाङको घोरही उपमहानगरपालिका १४ कपासीबाट तीन वर्षीया बालिकालाई अपहरण गरेर भाग्दै गरेको अवस्थामा घोरही रतनपुरबाट एक युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका– ९, ढिकपुर बस्ने २८ वर्षीय प्रयास चौधरी रहेको प्रहरीले जनाएको छ। चौधरी कालीकोट घर भई हाल कपासी बस्ने २२ वर्षीया अस्मिता शाहीकी ३ वर्षीया छोरीलाई अपहरण गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

‘बालिकाको सकुशल उद्धार र अपहरणकारीलाई पक्राउ गरेका छौँ’, उनले भने, ‘थप विषय अनुसन्धानबाट खुल्नेछ, अहिले अनुसन्धान जारी छ।’ बालिका अपहरणको सूचना पाएलगत्तै प्रहरीले चारैतिरका नाका बन्द गरेर बालिकालाई रतनपुर चोकबाट सकुशल उद्धार गरेको र चौधरीलाई पक्राउ गरेको हो।

पक्राउ परेका चौधरी उपर मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

२०७५ माघ २८,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको