फोहोरवाट मोहरमा रूपान्तरण गर्ने कार्य याेजना वन्दैछ: नगर प्रमुख गिरी


माघ २८, काठमाडौं । चन्द्रागिरिका नगर प्रमुख धनश्याम गिरीले चन्द्रागिरिवाट निस्कने फाेहरलाई माेहरमा रूपान्तरण गर्न कार्य याेजना तयार भईरहेकाे वताएका छन् ।

‘फाेहाेर नफालाै स्वास्थ रहाै, सभ्य समाजकाे निर्माण गराै’ भन्ने नाराकाे साथ खहरे तथा कुते खाेला सरसफाइ अभियान २०७५ र सामुदायिक प्रहरी साझेदारी अन्तर्गत महानगरीय प्रहरी वृत्त थानकाेटकाे अायाेजनामा सुरू भएकाे सप्ताह व्यापी सरसफाइ अभियानकाे उद्घाटन गर्दै नगर प्रमुख गिरीले चन्द्रागिरीकाे घरघरबाट निस्कने फाेहाेरलाई सदुपयोगमा ल्याई सभ्य समाज निर्माणकाे कार्ययोजना वनाईने वताएका हुन ।

नगर प्रमुख गिरीले भने, हामी वृहत् याेजना,कार्यनिति वनाई सवैकाे घरघरबाट निस्कने प्लास्टिक जन्य,कागजन्य, फलाम जन्य , सिसा जन्य र कुँहिने फाेहाेरलाई संकलन गरेर अार्थिक रूपान्तरणको वाटाेमा लाने काम अब चन्द्रागिरि नगरले गर्छ ।”

कार्यक्रममा वाेल्दै महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले वढ्दाे शहरीकरण संगै फाेहर व्यस्थापनमा समुदायमा अाधारीत समाजकाे विकास रूपान्तरणमा प्रहरीकाे सक्दाे सहयाेग रहने वताए ।

उनले समाजमा हुने हरेक क्रियाकलाप गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष भुमिकामा प्रहरीकाे सधै रहने हुदा समाजलाई सभ्य भयरहित वनाउने कार्यमा कुनै कसर नराख्ने वताए ।

सरसफाइमा कार्यक्रम स्थानीय संघ सस्थाकाे प्रतिनिधि ,युवा कल्वका प्रतिनिधि राजनिती कर्मि विद्यार्थीहरूकाे सहभागीता रहेकाे हाे । अाज मात्रै उत्त क्षेत्रवाट करिव २ टन फाेहाेर खाेलावाट निकालिएको थियाे ।

२०७५ माघ २८,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको