भाइरल बन्यो उर्वशीको फोटो सुट


पुस २७, मुम्बई । हट र आकर्षक हुँदाहुँदै पनि उर्वशी रौटेलाले बलिउडमा खासै तहल्का मच्चाउन सकेकी छैनन् ।

ठूला ब्यानर र स्टारसँग उनको कुनै नयाँ फिल्म पनि छैन । यति हुँदाहुँदै पनि सोसल मिडियामा भने उनी छाइरहेकी छन् । उनका हट फोटोहरूले चर्चा भने पाई नै रहेका छन् ।

हालै उर्वशीले निकै हट फोटोसुट गराएकी छन् । ‘मैक्सिम’ नामक पत्रिकाका लागि उनले यो फोटो सुट गरेकी हुन् । अहिले यो फोटो सुट भाइरल भइरहेको छ । उनका फ्यानले यसको जबर्जस्त स्वागत गरेका छन् ।

प्रत्येक फोटोमा उर्वशीले अलगअलग स्टाइल दिएकी छन् । उनी कहिले बाथरुममा नुहाइरहेको त कहिले ह्वाइट कलरको आउटफिटमा देखिएकी छन् । उनको यो स्टाइल मैक्सिम पत्रिकामा देखिनेछ भने पत्रिकाको अफिसियल अकाउन्टमा पनि पोस्ट गरिएको छ ।

उर्वशीले सन् २०१३ मा ‘सिंह साहब द ग्रेट’ बाट आफ्नो करिअर सुरु गरेकी हुन् । यसमा उनी सनी देवलको साथमा थिइन् । फिल्म असफल भयो । ग्रेट ग्रान्ड मस्ती, सनम रे जस्ता फिल्ममा पनि उनले कमाल देखाउन सकिनन् । काबिलमा फिल्माइएको ‘सारा जमाना’ गीत भने हिट भएको थियो ।

२०७५ पुष २७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको