अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको पहलमा मृगौलापीडित श्याम सुनारलाई आर्थिक सहयोग


मङ्सिर २४, काठमान्डौ । रोल्पा नगरपालिका २ रेउघाका श्याम सुनारको दुबै मृगौला फेल भएपछी समस्यामा परेका छन् । उनको दुबै मृगौलाले काम नगरेपछी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस गराइरहेका छन् ।

आर्थिक समस्यामा परेका सुनारको उपचारका लागि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको पहलमा कतार शाखाले ४० हजार र गर्गगोत्र लामिछाने खत्री समाज दाङको संयोजनमा २० हजार आर्थिक सहयोग पिडितलाई हस्तान्तरण गरेको छ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय प्रवक्ता शेरबहादुर डाँगी, केन्द्रीय सदस्य तथा शाखा कतारका सूचना प्रबक्ता बलबहादुर ओली, शाखा कतारका कोषाध्यक्ष दीपेन्द्र डाँगी, सल्लाहकार रुद्र खत्री, रोल्पाली सेवा समाज दाङका सल्लाहकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही १७ का अध्यक्ष पदमबहादुर केसी र थुर्पा अनलाइन टिभीका सञ्चालक कैलाश घर्तीको रोबरमा सहयोग हस्तान्तरण गरिएको हो ।

सुनारको आर्थिक अबस्था दयनीय भएकोहुँदा उनको उपचारको लागि सहयोगको खाँचो रहेको अन्तराष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रका प्रबक्ता शेर बहादुर डाँगीले बताए ।

पिडित सुनारसँग श्रीमती र दूइ छोरी छन् । परिवारको लालन-पालनको जिम्मेवारी बोकिरहेका सुनारका दुवै मृगौला खराब भएपछी उनको भरमा बाँचिरहेको परिवारलाई समेत संकट आइलागेको छ । मृगौला प्रत्यारोपण नै बिकल्प भएपछी सुनारले यतिबेला आर्थिक सहयोगका लागि देश-विदेशमा रहेका दाताहरु हारगुहार गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले पिडितको उपचारका लागि सहयोग गरिदिन आग्रह समेत गरेको छ ।

सहयोगी दाताहरु

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको आग्रह र गर्ग गोत्र लामिछाने खत्री समाज दाङका अधयक्ष पदमबहादुर केसीको संयोजनमा खत्रीबन्धुबाट २० हजार संकलन गरी हस्तान्तरण गरिएको छ । जसमा पदमबहादुर केसीले पाँच हजार, मदन खत्रीले चार हजार, दुर्गाराज खत्रीले तीन हजार, बागसिंह खत्रीले तीन हजार, कर्णबहादुर खत्रीले दुइ हजार तथा यामबहादुर खत्री, लीलाबहादुर खत्री र मणिराम खत्रीले एक एक हजार सहयोग प्रदान गर्नुभएको थियो ।

२४ मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको