विप्लव नेकपाका सिन्धुली जिल्ला इञ्चार्ज पक्राउ


असोज २३, सिन्धुली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इञ्चार्ज पक्राउ परेका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बख्खरमा घरबाटै वर्तमान राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएसँगै प्रहरीले देशभरबाट विप्लवका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गर्दै आएको छ ।

२३ आश्विन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको