कृष्णबहादुर महरा अस्पताल भर्ना


असोज २३, काठमाडौँ । हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ ।

सोमबारदेखि हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । अक्सिजनको पनि व्यवस्था गरिएको थियो । उच्च रक्तचापका विरामी महराको स्वासप्रश्वासमा पनि समस्या आएको प्रहरी स्रोतले जनाएको छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौ’न दु’र्व्य’वहारको आरोप लागेका महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।

महराको बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानसमेत लिइएको थियो । उनलाई सरकारी वकिल कार्यालयबाट अस्पताल लगिएको हो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा रािखएको थियो ।

२३ आश्विन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको