पत्रकार चन्द र गुरुङले पाए सफाई


भदौ २४, काठमाडौं । बिधुतिय कारोबार सम्बन्धि साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन् ।

समाचार लेखेकै आधारमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द र संचालक केबी गुरुङले बिधुतिय कारोबार सम्बन्धि मुद्दा खेप्दै आएका थिए ।

१० महिनापछि काठमाडौं जिल्ला अदालतले मुद्दाको छिनोफानो गरेको हो । न्यायाधीश बिदुर कोइरालाको एकल इजलासले प्रतिवादी पत्रकार द्वय चन्द र गुरुङलाई सफाइ दिएको हो ।

अदालतमा आज भएको बहसमा पत्रकार चन्द र गुरुङको तर्फबाट अधिबक्ता कान्तिराम ढुंगाना र अधिबक्ता दिबस निरौलाले बहस गरेका थिए ।

प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले सम्पादक चन्दलाई समाचार लेखेकै आधारमा गएको मंसिर ११ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो । उनि १८ दिने हिरासत बसाइपछि छुटेका थिए ।

सूचना विभागमा समेत सूचिकृत अनलाइनको समाचारलाई लिएर चन्दलाई पक्राउ गरिएपछि प्रहरीको आलोचना समेत भएको थियो । किनकि, सूचीकरणमा रहेका अनलाइनका समाचारबारे प्रेस काउन्सिलले हेर्दै आएको छ ।

२४ भाद्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको