जन सांस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ


साउन २५, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट जन सांस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ परेका छन् ।

शनिवार बागबजारस्थित प्रगतिशील लेखक संघ (प्रलेस)सँगै जोडिएको जलजला मासिकको कार्यालयबाट शनिबार दिउँसो महासचिव थपलिया पक्राउ परेका हुन् ।

थपलियालाई सशस्त्र इन्टेलिजेन्स ब्यूरोले दिएको सूचनाको आधारमा पक्राउ गरिएको स्रोतले जनाएको छ । प्रहरीले उनको कार्यालयमा रहेका कम्प्युटर र कागजातसमेत लगेको बताइएको छ । थपलिया लेखक तथा पत्रकार समेत हुन् ।

२५ श्रावण २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको