पुल शिलान्यास गर्न पुगेका यातायात मन्त्रीकै गाडी खोलामा डुबेपछि …


जेठ २७, काठमाडौं । पुल शिलान्यास गर्न गएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा फसेको छ।

सोमबार अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलामा पुल शिलान्यास गर्न पुगेका मन्त्रीकै गाडी सोही खोलामा फसेको हो।

प्रहरीका अनुसार मन्त्री चढेको बा२झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा पुगेपछि तर्न नसकेर हो। गाडी आधासरो डुबेको थियो। गाडी डुबेपछि मन्त्री महासेठ ओर्लिएर अर्को गाडीमा सदरमुकामसम्म आएका थिए।

प्रहरी नायब उपरीक्षक नवीन भण्डारीका अनुसार मन्त्री महासेठ शिलान्यास गर्न जाँदा अर्कै बाटोबाट गएका थिए। फर्किने क्रममा पुल शिलान्यास भएकै खोलामा गाडी फसेको थियो।

तर, भण्डारीले घटना सामान्य भएको भन्दै यसबारे विस्तृत जानकारी दिएनन्। मन्त्री महासेठको अघिपछि अन्य थुप्रै गाडीको लस्कर र सुरक्षाकर्मी पनि थिए। मन्त्रीको गाडी खोलाबाट निकालिसकिएको प्रहरीले जानकारी दिएको छ ।

मन्त्री महासेठले शिलान्यास गरेर फर्किंदा सामान्य घटना भएको र गाडीमा कुनै पनि क्षति नभएको बताए । ‘खोलामा गाडी सामान्य रुपमा फसेको हो, केही पनि चोटपटक लागेन, गाडीमा क्षति पनि भएन,’ महासेठले भने। गाडी डुबेपछि अर्कै गाडीले सदरमुकामसम्म ल्याएकाले कसरी फसेको गाडी निकालियो आफूलाई जानकारी नभएकाे उनले बताए।

यहि बर्ष सहरेखोला पक्की पुल निर्माणका लागि बजेट बिनियोज भएको बताईएको छ । उक्त काम अर्जुनचौपारी गाउँपालिकाले नभई सडक डिभिजन कार्यलय पोखराले हेरिरहेको बताइएको छ ।

अर्जुनचौपारी गाउँपालिकाको ब्यबस्थापनसंगै सडक डिभिजन कार्यलय पोखराको आयोजनामा सहरे खोलाको पक्कि पुलको शिलान्यास भौतिक पुर्वाधार तथा यातयात मन्त्रि रघुविर महासेठद्वारा गरिएको हो ।

२७ जेष्ठ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको