स्याटेलाइट खरिदः भ्रष्टाचारको आरोप लागेको कम्पनीसँग सम्झौताको तयारी


जेठ २७, काठमाडौं । भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ ।

तीन महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणकाक्रममा सम्झौता गर्ने तयारी छ ।

हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पान गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद छ । कम्बोडियामा एक आयोजनामा भ्रष्टाचार गरेको भन्दै थेल्स ग्रुपअन्तर्गतको थेल्स इन्जिनियरिङ कन्सल्टिङ कम्पनीलाई विश्व बैंकले सन् २००४ मा एक वर्ष कालोसूचीमा राखेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।

२७ जेष्ठ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको