दुबईमा खुल्यो नयाँ नेपाली रेस्टुरेन्ट


बैशाख २७, दुबई । दुबईको अलकुज एरियामा नयाँ नेपाली रेस्टुरेन्ट खुलेको छ । गत ५ मे आइतबारबाट सेवा शुरु गरेको हाइ रेन्ज नेपाली रेस्टुरेन्ट दोलखा सैलुङ गाउँपलिका-४ का बाबुराम कार्कीले संचालन गरेका हुन् ।

नेपालमै रहँदा पनि रेस्टुरेन्ट तथा गेस्टहाउस संचालन गरेका कार्कीले युएईका पाँचतारे होटेलहरुमा पनि कुकदेखि एक्जुकेटिभ सुज सेफसम्म गरी १७ वर्ष काम गरेको अनुभव सँगालेका छन् ।

अलकुज एरियामा बढदै गएको नेपालीहरुको चापलाई मध्यनजर गरेर अलखेल गेटपछाडि रहेको फार्निक कम्लेक्समा संचालनमा आएको यो रेस्टुरेन्टमा नेपाली/नेवारी खानाहरु सबै पाउन सकिने संचालक कार्कीले बताएका छन् ।

नेपाली खानाका साथमा ईन्डियन, पाकिस्तानी, चाइनिज जस्ता कन्टिनेन्ट्ल खानाहरु पाइने संचालकले जानकारी दिएका छन् ।

सफा, ताजा र सरल मूल्यमा खानाहरु उपलब्ध गराउने र होम डेलिभरीको पनि व्यवस्था रहेको उक्त रेस्टुरेन्टमा एकै पटक ६० जनालाई सर्भिस दिन सकिनेछ । कुक ७ जनासहित १३ जना कर्मचारी रहेको यस रेस्टुरेन्टमा ७ जना नेपालीले रोजगारी पाएका छन् ।

युएईको बरदुबई एरियामा धेरै नेपाली ब्यावसायीले रेस्टुरेन्ट, ट्राभल र सुन पसलहरु संचालनमा ल्याएका छन् भने बरदुबई पछि नेपाली व्यावसायीहरु अलकुज एरियातर्फ केन्द्रित हुँदै गएका छन् । जनघनत्व अधिक रहेको दुबईको अल्कुज एरियामा खोलिएको यो तेस्रो नेपाली रेस्टुरेन्ट हो । यो भन्दा अगाडि संचालनमा आएका याक एन्ड यति र सयपत्री रेस्टुरेन्टले नेपाली ग्राहकहरुलाई पदरेशमा पनि नेपाली स्वाद पस्किरहेका छन् ।

(आरपी सहयात्रीको सहयोगमा )

२०७६ बैशाख २७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको