नागरिकतामा कडाइ गर्दा मधेसी खुसी, मधेसीको नाममा लुट्न पल्केकाहरु दुःखी (भिडियोसहित)


चैत्र २७, काठमाडौं । डा. सुरेन्द्र केसीले नागरिकताको मामिला नेपालमा राजनीति हुने गरेको बताएका छन् । नेपालआजको नियमित भिडियोस्तम्भ ‘इतिहास र अनभूति’मा बोल्दै यस्तो धारणा राखेका हुन् । आफ्नो राजनीतिक फाइदाका लागि नागरिकताको कुरा उठाउने, राजनीतिक फाइदा हुने हो भने जसलाई पनि नागरिकता वितरण गरिदिने चलन नेपालको राजनीतिमा रहेको उनले स्पष्ट पारे ।

डा. केसीले भारतमा सोनिया गान्धी प्रधानमन्त्री भएमा आत्मदाह गर्ने चेतावनी शुस्मा स्वराजले दिएकी थिइन् । भारतीय युवकसँग विवाह गरेर जाने जो कोही महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान त्यहाँ छ । तर कतै नभएको जात्रा हाँडीगाउँमा भने झै नेपालमा भने अर्को देशको नागरिकता त्याग्नु अघि नै नेपालमा नागरिकता दिइसक्ने सके मन्त्रीकै सपथ खुवाउनसमेत सकिने प्रावधान रहेकोमा केसीले चिन्ता व्यक्त गरे ।

नेपालमा भएको जस्तो प्रावधान कतै नभएको उनले स्पष्ट पारे । डा. केसीका अनुसार भुटानमा त विदेशी महिलाले त्यहाँ सन्तान जन्माएपछि मात्रै नागरिकता पाउँछन् । पाकिस्तान, श्रीलंकमा पनि नेपालमा जस्तो हचुवको भरमा नागरिकता दिने थिति छैन ।

भिडियो:

बिहे गरेर आउनेबित्तिकै नागरिकता दिन हुँदैन भन्दा मधेसी समुदाय दुःखी हुँदैन । दुःखी हुने भनेको राजनीतिको माध्यमबाट आफ्नो कुत्सित फाइदा उठाउन तयार हुने समूह मात्रै हो । किनभने हामीले नागरिकता बाँड्ने यो थिति बदल्यौं भने त्यसको प्रभाव मधेसी समुदायलाई मात्रै पर्ने होइन ।

रोटीबेटीको सम्बन्ध पूर्वी पहाडी नेपाल र दार्जिङ, सिक्कमतिर, पश्चिम नेपाल र भारतको उत्तराखण्डबीच पनि छ । यसकारण नागरिकतासम्बन्धी विषय कुनै समुदाय विशेषको कुरै होइन । राजनीतिक फाइदाका लागि समुदाय विशेषको बनाउन खोजिएको हो ।

फास्ट ट्रयाक बन्ने हो भने काठमाडौंबाट निजगढ २ घण्टामा पुग्न सकिन्छ । त्यो बनाउनै नदिने चलखेल भइरहेको छ । काठमाडौंमा पानीको व्यापार चार अर्बको हुन्छ । त्यही चार अर्बको पानीको व्यापार गर्न पल्केकाहरुले मेलम्ची अवरोध गरेको शंका डा. केसीको छ ।

नेपाल आजबाट साभार

२७ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको