चैत २७, काठमाडौं । पत्रकार जितेन्द्र महर्जनलाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेपाल भाषाको पत्रिका ‘निहिगु जोज्वोलपा’का प्रधान सम्पादक जितेन्द्र महर्जनलाई समाचार संकलनका लागि हिडिरहेकाे समयमा पक्राउ गरेको जनाइएकाे छ ।
महर्जन जनपत्रकार संगठन, नेपालका काठमाण्डाैंका संयाेजक समेत हुन् । पत्रकार महर्जनकाे गिरफ्तारीप्रति जनपत्रकार संगठन, नेपालले आपत्ति जनाएको छ ।
संगठनले महर्जनलाई अपहरण शैलीमा गिरफ्तार गरिएकाे र फरक बिचार आस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बनिरहेकाे सरकारकाे याे शैली खेदजन्य र आपत्तिजनक भएकाे भन्दै संगठनका महासचिव हिम विष्टले बिराेध जनाएका छन् । उनले जिल्ला संयाेजक महर्जनलाई विना सर्त रिहाई गर्न पनि माग गरेको छ ।
पत्रकार महर्जनलाइ गत कार्तिक २८ गते मंगलवार साझ पनि किर्तिपुरस्थित घरबाटै प्रहरीले गिरफ्तार गरेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस