पहिलोपटक सगरमाथाको उचाइ नाप्दै नेपाल सरकार


चैत २७, काठमाडौँ । नेपाल सरकारले पहिलो पटक सगरमाथाको उचाइ नाप्दै छ। सगरमाथाको उचाइ नाप्न सरकारी टोली आज सगरमाथा जाँदै छ।

फाइल तस्बिर 

उचाइ नाप्न जाने टोलीमा चारजना छन्। उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै बिदाइ गर्ने कार्यक्रम रहेको छ। टोलीमा नापी विभागका प्रमुख नापी अधिकृत खिमराज गौतम, सुरज भण्डारी, युवराज धिताल र रविन कार्की रहेका छन्।

यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो। उनीहरुले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेका थिए। सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गरेका थियो। उक्त टोलीले सगरमाथाको उचाइ ८,८५० मिटर मापन गरेको थियो।

दुई टोलीले सगरमाथाको उचाइ फरकफरक मापन गरेपछि नेपाल सरकारको टोलीले पहिलो पटक आफैँ उचाइ नाप्न लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जनकराज जोशीले बताए। उनले सगरमाथाको उचाइ मापनको लागि प्रधानमन्त्रीको बिदाइपछि आजै प्रस्थान गर्ने बताए।

सगरमाथा उचाइ मापनको अन्तिम रिपोर्ट सन् २०१९ डिस्म्बरसम्ममा ल्याउने तयारी सरकारको रहेको उनले जानकारी दिए।

२७ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको