रोनाल्डोले आयक्सविरुद्ध खेल्न फिटभए


चैत्र २७, एजेन्ट । आयक्सविरुद्ध बुधबार हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलका लागि सुरुवाती रोजाईमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेल्ने पक्का भएको छ । गत महिना सर्बियाविरुद्ध युरोपियन च्याम्पियनसिप छनोटका दौरान रोनाल्डो ह्यामिस्ट्रिङ समस्याबाट गुज्रेका थिए । त्यसयता रोनाल्डो मैदान बाहिर रहँदै आएका छन् ।

प्रशिक्षक मासीमिलानो एलेग्रीले खेलको पूर्वसन्ध्यामा रोनाल्डोले पहिलो रोजाइमा खेल्ने पक्का गरेका छन् । ‘रोनाल्डोले टोलीसँग प्रशिक्षण गरेका छन् । उनले पहिलो रोजाइमा खेल्नेछन्,’ एलेग्रीले भने ।

रोनाल्डोले युभेन्टसका लागि एटलेटिको म्याड्रिडविरुद्ध ह्याट्रिक प्रहार गरेयता कुनै खेल खेलेका छैनन् । उनले चोटका कारण लिगअन्तर्गत जेनोआ, एम्पोली, काग्लियारी र एसी मिलानविरुद्ध खेल गुमाएका थिए ।

यता रोनाल्डोका सहकर्मी जोआओ क्यान्सेलो भने टोलीमा पर्ने बारे निश्चित भएको छैन भने ‘रोनाल्डो अभ्यासमा सामेल भइसकेका छन् ।

लगातार आठौं पटक इटालियन सिरि ए जित्ने सम्भावना रहेको युभेन्ट्सले अंक तालिकामा २० अंकको अग्रता लिएको छ ।

२७ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको