पोर्टाेमाथि लिभरपलुको सहज जित


एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित निकालेको छ ।


लिभरपुलले घरेलु मैदानमा पोर्टाेलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा नावी केइटा र रोबर्टाे फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो ।

एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको पाँचौ मिनेटमा नै अग्रता लिन सफल भएको थियो । नावी केइटाले रोबर्टाे फिर्मिनोको पासमा गोल गर्न सफल भएका थिए ।

पहिलो गोलका लागि असिस्ट गरेका रोबर्टाेले २६औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । उनले ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा पनि लिभरपुलले पाहुना टोलीलाई दवावमा राखेपनि थप गोल गर्न असफल हुदा पहिलो हाफको २ गोल नै लिभरपुलको जितमा पर्याप्त बन्यो ।

यससँगै लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भवानालाई बलियो बनाएको छ । लिभरपुलले दोस्रो लेगमा गोलरहित बराबरी अथवा १–० ले पराजित भएपनि सेमिफाइनलमा स्थान बनाउनेछ ।

यता पोर्टाेलाई भने सेमिफाइनलमा स्थान बनाउन निश्चित जित आवश्यकता छ । ३–२ को जित अथावा २–२ को बराबरी गरे पोर्टाेले खेल लम्ब्याउने छ । दोस्रो लेगमा १८ अप्रिलमा पोर्टाेको मैदानमा हुनेछ ।

२७ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको