तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा ११ जना घाइते


चैत २७, ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभराको दर्शनमा आएका तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

पाथीभराको दर्शन गरेर फर्कने क्रममा मे १ ज १४८६ नम्बरको जिप मङ्गलबार राती १० बजेतिर सुकेटार गुप्ते नजिक दुर्घटना हुँदा उक्त सङ्ख्यामा तीर्थयात्री घाइते भएका हुन् ।

जिप दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गम्भीर घाइते हुनेमा ५४ वर्षीया मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल, ३८ वर्षीया लक्ष्मी सिग्देल र आठ वर्षीय बालक निशान आचार्य रहेका र उहाँहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि अन्यत्र रिफर गरिएको छ ।

सामान्य अवस्थाका घाइते बाँकी छ जनाको ताप्लेजुङमै उपचार भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो । घाइते हुनेहरु सबैजना निजगढ बाराका रहेका पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त जिपमा १६ जना यात्रु सवार रहेका थिए भने तीव्र गतिका कारण जिप अनिन्त्रित भई सडक छेउमा पल्टिएको बताइएको छ ।

२७ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको