नमुना खानेपानी अायाेजना निर्माणकाे लागि निर्माण पूर्ब पनि तालिम


फागुन २६ , कालिकाेट । देशैभरी खानेपानी तथा सरसफाइकाे अभियान तिव्र गतिमा चलिरहेकाे बेला कालिकाेट जिल्लाकाे एउटा गाँउपालिकाले नमुना खानेपानी तथा सरसफाइ याेजनालाइ महत्वका साथ तिब्रता दिएकाे छ ।

पचालझरना गाँउपालिकामा सबै वडामा एकघर एक धारा उपलब्ध गराएर प्रत्यक्षरुपमा स्थानिय सरकार भएकाे अनुभूति दिलाउन स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छता अभियानलाई अगाडि बढाएकाे हाे ।

नमुना खानेपानी अायाेजना कार्यक्रमलाई सफल बनाउन वडा नं ९ का दुइवटा खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिलाई निर्माण पूर्ब, उपभाेक्ता समिती र मुहान दर्ता प्रक्रिया,अायाेजना निर्माण, लेखा ब्यवस्थापन , पारदर्शिता , जवाफदेहिता, बिपद् ब्यवस्थापन बिषयमा तिनदिने तालिमकाे अायाेजना गरिएकाे हाे । तालिम तीन दिन सम्म चल्ने छ ।

गतबर्ष झण्डै साढे तीन कराेड रुपैया खानेपानी अायाेजना निर्माणमा खर्च गरेकाे गाउपालिकाले यस बर्ष पनि नेपाल रेडक्रस साेसाइटी सग समन्वय गरेर केही अायाेजनालाइ अगाडि बढाउने निर्णयमा पुगे लगतै अायाेजना निर्माणकाे समझाैता गरि काम अगाडि बढाइएकाे छ ।

गाँउपालिकामा अागामि दुई बर्ष भित्र सबै वडाका प्रत्यक घरधुरीमा सुरक्षीत खानेपानी पुर्याउने लक्ष्य रहेकाे र साे लक्ष पूरा गर्न स्थानियकाे श्रमलागतमा सहभागिता तथा विभिन्न सरकारी तथा गैर सरकारी निकाएकाे अार्थिक तथा प्राबिधिक सहयाेग अावश्यक रहेकाे छ । गाँउपालिका अध्यक्ष खड्गराज सेजुवाल बताउछन ।

उनका अनुसार पालिकाकाे वडा नं २,४,६ र ७ मा गाउपालिकाले अायाेजना निर्माण गरिरहेकाे र पूर्णता दिन रेड्क्रसलाइ अनुराेध छ । १,३,५,८ मा प्रदेश सरकारबाट बिस्त्रित सर्वेक्षण गरिएकाे र वडा नं ९ मा यसै अा व मा गाँउपालिका र नेपाल रेडक्रस साेसाईटी काे संयुक्त लगानी र रेडक्रसकै प्राबिधिक सहयाेगमा सम्पन्न गर्ने जानकारी दिए ।

पचालझरना गाँउपालिकामा नेपाल रेडक्रस साेसाइटीकाे स्वास्थ्य र खानेपानी , सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियाेजना मार्फत गाँउपालिकाले प्राथामिकतामा राखेका चार वटा अायाेजनामा यस बर्ष सहभागिता जनाउने नेपाल रेडक्रस साेसाइटी कालिकाेटका जिल्ला कार्यक्रम अधिकृत टेकम वलीले जानकारी दिए ।

पचालझरना गाँउपालीका कालिकाेट जिल्लाकै स्वास्थ्य र खानेपानी सरसफाइका क्षेत्रमा नमुना काम गर्दै अाएकाे गाँउपालिका हाे ।

२६ फाल्गुन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको