मलेसियाको डब्लुआरपी कम्पनीले कामदारलाइ रोकिएको सम्पूर्ण तलब बुझायो


समर्पण भट्टराई/फाल्गुन २६, मलेसिया । मलेसियाको डब्लुआरपी ग्लोभ कम्पनीले आफ्ना कामदारहरु संग गरेको सम्झौता अनुसार रोकिएको ३ महिनाको सबै तलब उपलब्ध गराएको छ । बाँकी रहेको गत फेब्रुअरीको पारिश्रमिक पनि मार्च ७ तारीखका दिन उपलब्ध गराएको उक्त कम्पनीमा कार्यरत नेपाली कामदारहरुले बताएका छन ।

कम्पनीले कामदारहरुका लागि होस्टेल तथा क्यान्टिनमा समेत आवश्यक सुधार तथा व्यवस्थापन गरेको कामदारहरुले जनाएका छन । मलेसिया सरकारको नियम अनुसार कामदारले स्वयमले आफ्नो राहदानी आफैले राख्न पाउने व्यवस्था समेत कार्यन्वयन गरेको कम्पनीमा कार्यरत सुरेनले बताए ।

मलेसिया सरकारले २०१९ जनवरी देखि लागू हुनेगरी न्युनतम पारिश्रमिक मासिक ११ सय रिङ्गेटका दरले पाएको भन्दै कामदारहरुले नेपाली दूतावासला र विप्लबको प्रबास संगठन नेपाली जनप्रगतिशिल मोर्चालाइ धन्यवाद दिएका छन् ।

के भएको थियो ?

मलेसियाको डब्लुआरपी ग्लोभ कम्पनीले आफ्ना कामदारहरुलाइ २०१८ नोवेम्बर देखिको तलब उपलब्ध नगराए पछि गत फेब्रुअरी ४ तारीख देखि आम हड्तालमा उत्रिएका थिए । कामदारहरुले बाँकी रहेको तत्काल पाउन माग गर्दै ६ तारिख सम्म हड्ताल गरेका थिए । २ हजार भन्दा धेरै संख्यामा रहेका नेपाली कामदारहरुले नियमित काम नै बन्द गरेर हड्तालमा उत्रिएका थिए ।

कामदारहरु आन्दोलनमा उत्रिए पछि उनीहरुको समस्या बारे नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले नेपाली राजदुतावास संग समन्वय गरि, मजदुर र कम्पनीबीच सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार बाँकी रहेको नोवेम्बर डिसेम्बर र जनवरीको महिनाको तलव फेब्रुअरी महिनामा उपलब्ध गराउने र फेब्रुअरी महिना देखि मलेसिया सरकारको नियम अनुसार पारिश्रमिक उपलब्ध गराउने गरि सम्झौता भएको थियो ।

२०७५ फाल्गुन २६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको