‘उदाउँदो चीन र अस्ताउँदो नेपाल’


सुमन सिग्देल । यति बेला उत्तरकाे छिमेकी देश चिनमा दुई महत्वपुर्ण अधिवेशन जारी छन् । चिनीयाँ राष्ट्रीय कङ्रेसकाे याे अधिवेशन चिनकाे राजधानी बेइजिङकाे मुटुमा अवस्थीत थेयअनानमनकाे ग्रेटहल अफ दि पिपुलमा जारी छ । याे अधिवेशन १३अाै अधिवेशन हाे । यसकाे उद्घाटन प्रधानमन्त्री लि खछ्याङले गरेका छन् ।

सुमन सिग्देल 

याे बर्ष चिन गणतन्त्र स्थापना भएकाे ७०अाै बर्षमा प्रवेश गरेकाे छ । अधिवेशनलाई सम्बाेधन गर्दै प्रधानमन्त्री लिखछ्याङले सरकारकाे कार्य बिवरण प्रस्तुत गरेका छन् । जति बेला अाफुमा सुसुप्त राजनैतिक चेतनाकाे बिकास भयाे । त्याे बेलादेखि भ्याएसम्म सरकारकाे बार्षीक कार्ययाेजना सुन्दै र हेर्दै अाएकाे म याे पटक बिशाल चिनकाे त्यसमा पनि बिश्वकाे उत्कृस्ट शक्त्तीकाे केन्द्रमा रहेकाे चिनकाे बार्षिक कार्ययाेजना कस्ताे होला भन्ने कुराले माने राख्याे र यसकाे द्रस्टा भए ।

लिखछ्याङ भन्छन् चिन अाफ्नाे लक्ष र रणनितीमा निकै नै प्रतिबद्द छ । अाजकाे चिन अाफुलाई मात्र नहेरेर बिश्वलाई हेर्न सक्ने भएकाे छ । अाजकाे चिन बिश्वकाे कार्खानाकाे रूपमा स्थापीत छ । मानव बाहेक संसारका सबै जसाे कुराहरूकाे निर्माणमा चिन सक्षम देखिन्छ ।

बाह्य लागानीमा बडुवा गर्ने, वातावरणीय समस्याकाे समाधान गर्ने, उच्च स्तरका प्रवधीहरूकाे प्रयाेग गर्ने, अान्तरीक उत्पादनलाई अझ बढाउने जस्ता महत्वपुर्ण कुराहरूमा सरकार गम्भिर देखिन्छ । याे बर्ष मात्र झण्डै ७ अङ्ककाे अार्थीक बृद्दी दर सकेकाे चिनमा ३०० जाना भन्दा बढी खरबपतीहरू रहेका छन् । एक बर्षमा मात्र चिनले १ कराेड ६० लाख लाई राेजगारीकाे मुल प्रवाहमा लेराएकाे छ ।

सयाै ठुला परियाेजनाहरू, महत्वकाङ्छी वान बेल्ट वान राेडकाे बिकासमा पनि सरकार तदारूपताका साथ लागेकाे छ । लाग्छ अाजकाे चिन
दाेडीरहेकाे हाेइन उडीरहेकाे छ । तर हामी भने चिनले बिकासका यस्ता रफतारहरू पकृरहदा अाफ्नै अन्धकारमा हराई रहेका छाै ।सरकार बाहीर सुशासन भित्र भ्रस्टहरूकाे गुड भएकाे छ ।

रेमिट्यान्स र यसकाे बलमा सरकारी नियाेग र भ्रस्ट नेत्रित्व बाँचिरहेकाे छ । सरकार एका तर्फ साेराेजगार र अर्काे तर्फ श्रम सम्झाैता गर्न लालहीत छ । निती निर्माताहरू राजनैतिक पार्टीका झाेले भएका छन् । अाज चिन छिमेकमा हाेइन अफ्रीकी मुलुकहरूमा लगानी गरी रहेछ कारण हामी बिमारी छाै हाम्राे सिस्टम मिमारी छ ।

जब सम्म नेतृत्वमा पाखण्डता र दलिद्रता हावी भैरहन्छ तबसम्म प्रगतीकाे अाशा असम्भव छ । एउटै कुरा निरन्तर गरिरहने र परिणाम चै फरक हाेस भन्ने कामना गर्नु ब्यर्थ छ ।

२०७५ फाल्गुन २६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको