ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता सिफारिस, कसले कति पाउछन ?


फागुन २६, काठमाडौँ । गृहमन्त्रालयले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता सिफारिस गरेको छ ।

गृहले ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धि निर्देशिका २०७५ अनुसार १० देखि ३५ प्रतिशतसम्म भत्ताका लागि सिफारिस गरेको हो।यो प्रस्ताव अर्थ मन्त्रालयले स्विकृत गर्नुपर्ने छ ।

यो काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीलाई मात्र लागू हुने छ । प्रोत्साहन भत्ताअनुसार प्रहरी नायब निरिक्षक-डीएसपीले १० प्रतिशत, प्रहरी निरीक्षक-इन्सपेक्टरले २० प्रतिशत तथा प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरिक्षकले समान २५ प्रतिशत प्रोत्साहन भत्ता पाउने छन् ।

यसैगरी हवल्दार, जवान र कार्यालय सहयोगीलाई समान ३५ प्रतिशत प्रोत्साहन भत्ता दिन सिफारिस गरिएको हो । महाडनगरीय ट्राफिक प्रहरी महाशाखा प्रहरी नायब महानिरिक्षक-डीआईजीको कमान्डमा रहन्छ ।

२०७५ फाल्गुन २६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको