लाजले गर्दा मेडिकल साइन्समा चमत्कार


फागुन २६, काठमाडौं । तपाईले स्टेथाेस्काेप भन्ने नाम सुन्न हुन्छ हाेला । मेडिकल क्षेत्रमा याे नभै नहुने चिज हाे। यदि तपाईले नाम सुन्नु भएको छैन भने पनि तपाई अस्पतालमा जानू भएको छ हाेला। अस्पतालमा डाक्टरले मुटुकाे धड्कन, फाेक्साे काे जाँच, ब्लड प्रेसर र छातीकाे परिक्षण थाहा पाउन स्टेथाेस्काेप प्रयाेग गरिन्छ। आज हामी स्टेथाेस्काेप सम्बन्धि गज्जबकाे कहानी सुनाउन गइरहेका छाै।

कुनै पनि काम गर्दा अगाडि बढ्नु पर्छ।पछाडि हट्नु हुन्न लाज मान्नु हुन्न भन्ने भनाइ छ । हुन पनि हाे कुनै पनि काम गर्दा लाज नमानी अाफु अघि सर्ने हाे भने काम पनि सिकिन्छ अनुभव पनि हुन्छ। स्टेथाेस्काेप आविस्कारमा चाहिँ याे लागू भएन लाजले गर्दा स्टेथाेस्काेप काे आविस्कार भयाे। स्टेथाेस्काेप आविस्कार नहुनु भन्दा अगाडि नजिकै कान राखेर मुटु धडकन सुन्ने गरिन्थ्यो।

स्टेथाेस्काेपका आविस्कार रेने थियोफाइल हायसेनिक लिनेककाे जन्म सन १७८१ फेब्रुअरी १७ मा फ्रान्समा भएकाे थियो। लिनेकले मेडिकल साइन्सकाे पढाइ आफ्नाे काकाको रेखदेखमा गरे । त्यसपछि उनलाई फ्रान्सको क्रान्तिमा मेडिकल युनिटका रुपमा सहभागी हुन बोलाइयो। यसरी बिचमै रोकिएको आफ्नाे पढाइ उनले १८०१ मा फेरी सुरु गरे । सन १८१५ मा शाही सत्ता स्थापित भएपछि  उनी नेककर नामक हस्पिटलमा काम गर्न थाले।

सन १८१६ मा रेने थियोफाइल हायसेनिक लिनेकले स्टेथाेस्काेपकाे आविस्कार गरेका हुन। एक दिन मुटुकाे बिरामीले गर्दा एक युवती अाइन र उनकाे मुटुकाे धड्कन सुन्नु पर्ने भयाे। लिनेकलाई यसरी सुन्न लाज लाग्याे। त्यसपछि उनले कागज माेडर एक भाग छातीमा राखे र अर्काे भाग बाट उनले कानमा सनुे यसरी सुन्दा कागजकाे ढुङ्ग्राेबाट मुटुकाे धड्कन सुन्न सफल भए।

उनी बाँसुरी बादक भएकाले उनले बाँसुरी बनाइने बाँसमा एकतिर माइक्रोफोन र अर्कातिर इयरपिस लगाए। यसाे गर्दा मुटुको धड्कन प्रष्ट सुनिन थाल्यो।  त्यसपछि उनले यसकाे नाम स्टेथोस्कोप राखे। ग्रिक भाषमा ‘स्टेथोस’ को अर्थ छाति र ‘स्कोप’को अर्थ परीक्षण हुन्छ। छातिको परीक्षणलाई स्टेथोस्कोप भन्न थाले।अहिलेकाे अाधुनिक स्टेथाेस्काेप सन १९६० मा हार्भड मेडिकल स्कुलका प्राफेसर डेभिड लिटम्यानले केही सुधार गरेर निर्माण गरेका थिए।

उनिले अस्पतालमा विभिन्न किसिमका विरामीहरु चेक गर्ने क्रममा उनलाई क्षयरोग (Tuberculosis) लागेर सन १८२६ मा उनकाे निधन भयाे । त्याे समयमा क्षयरोग काे तेति उपयोगी उपचार थिएन।

२०७५ फाल्गुन २६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको