१ सय ४९ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना


फागुन २६, काठमाडौँ । केन्याको राजधानी नैरोबीतर्फ गइरहेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान आदिस अबाबानजिकै आइतबार बिहान दुर्घटना भएको छ ।

फ्लाइट नम्बर इटी ३०२ भएको बोइङ ७३७–८०० म्याक्स विमान स्थानीय समयअनुसार ८ बजेर ३८ मिनेट जाँदा इथियोपियाको राजधानीस्थित बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने बित्तिकै सम्पर्कविहिन बनेको थियो ।

त्यसको केही बेरमा नै आदिस अबाबाको दक्षिणपश्चिममा रहेको विसोफ्तुमा विमान दुर्घटनाग्रस्त बनेको थियो । एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु तथा ८ जना चालक दलका सदस्य रहेका थिए ।

एयरलाइन्सले उद्धार कार्य जारी रहेको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ । इथियोपिया एयरलाइन्स अफ्रिकाको सबैभन्दा उत्कृष्ट एयरलाइन्समा पर्दछ ।

यसअघि, सन् २०१८ अक्टोबर २९ मा यही मोडलको इन्डोनेसियाको लायन एयरको विमान दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो ।

उक्त विमान चार महिनाअघि मात्र इथियोपियन एयरलाइन्समा थप गरिएको थियो ।

२०७५ फाल्गुन २६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको