विमान दुर्घटना हुँदा चालकसहित १२ जनाको मृत्यु


फागुन २६, काठमाडाै‌ । कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।

लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान शनिबार राती कोलम्बियाको विल्लाभिसेन्सिओ शहरको दक्षिण–पूर्वी भूभागमा दुर्घटनाग्रस्त भएको त्यहाँको उड्डयन प्राधिकरणले जनाएको छ।

दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र सह–चालक, एक उड्डयनविद् लगायतको मृत्यु भएको छ।

कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन्। कोलम्बियाका आपतकालिन नागरिक रक्षाका अधिकारीका अनुसार विमान इन्जिन फेल भएको कारण दुर्घटना भएको हो।

विमान सन जोसे डेल गुएभिएरे शहरबाट विल्लाभिसेन्सिओका लागि उडेको थियो। दुर्घटनाको कारण पनि पत्ता लाग्न बाँकी रहेको अधिकारीहरुले जनाएका छन्।

२०७५ फाल्गुन २६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको