दाङमा मोटरसाईकल र हाते ट्याक्टर ठोक्किदा २० बर्षीय युवाको मृत्यु


फागुन २६, दाङ । दाङमा मोटरसाईलक हाते ट्याक्टरसंग ठोक्किदा एक ब्यक्तिको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत लमही नगरपालिका १ नर्तीमा रा ५ प १७९३ नम्बरको मोटरसाइकल हाते ट्याक्टरसँग ठोक्किदा मोटरसाइकल चालक लमही २ निवासी २० वर्षीय सुशील चौधरीको मृत्यु भएको हो ।

शनिबार बिहान साढे १ बजे तिर भएको दुर्घटनामा परि गम्भीर घाईते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

वडा प्रहरी कार्यालय लमहीकाका अनुसार दुर्घटनामा परि ट्याक्टर चालक बुद्धिराम चौधरी र मोटरसाइकलको पछाडि सवार राप्ती गाउँपालिका ६ निवासी अमिस चौधरी घाइते भएका छन् । घाईते दुबै जनाको बुटवलमा उपचार भईरहेको छ ।

२०७५ फाल्गुन २६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको