सल्यानमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु


दुर्गा वि.सी./फागुन २६, सल्यान । अत्याधिक रक्तश्रावका कारण सल्यानमा एक सुत्केरीको निधन भएको छ।

जिल्लाको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाकाे वडा नम्बर ८ ज्यामिरेकि २६ बर्षीय सुत्केरी प्रेमकला थापाकाे अस्पतालमा पुग्न वित्तीकै निधन भएको हो । घरमै सुत्केरी भएकि थापाकाे अत्यधिक रक्तश्राव भएपछि उनलाई आफन्तले स्वास्थ चौकी देवस्थल पुर्याएका थिए ।

घरमै २ वजे वच्चा जन्मिएपछि रक्तश्राव भएपछि थापालाई ढिला गरि अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ उनको निधन भयको हो ।

अन्तिम अवस्था भएकोले वचाउने प्रयास असफल भएको स्वास्थ चौकी देवस्थलकि अनमि लालिका चौधरीले जानकारी दिएकी छन् ।

वच्चाकाे भने अवस्था सामान्य रहेकाे बताइएको छ ।

२६ फाल्गुन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको