टेकेन्द्र बोहरा/माघ २७, बझाङ । नेपाली कांग्रेसले जयपृथ्वी नगरपालिकाको तेस्रोे नगरसभा आइतबार बहिष्कार गरेको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिभिहरुले सहकारी ऐन जनप्रतिनिधहरुसँङ्ग छलफल नै नगरी पारीत गर्न खोजेपछि नगरसभा अवरुद्ध गरेका हुन ।
नगरसभामा नेपाली काङ्ग्रसवाट निर्वाचित जयपृथ्वी नगरपालीका वडा नँ दसका वडा अध्यक्ष्य दल बहादुर बिष्ट र नेपाली काङ्ग्रेसवाट निर्वाचित वडा सदस्य भत्तराज जोशीले आफुहरुलाई विना जानकारी नगरसभा गरेको भन्दै नगरसभा अवरुद्ध गर्नु परेको बताए ।
नगरसभा आईतवार जिल्ला समन्य समितीको सभाहलमा सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस