अब यात्रुवाक सवारी साधनमा दुईवटा चालक अनिवार्य राख्नु पर्ने


माघ २७, काठमाडौँ । बढ्दो सवारी दुर्घटनामा वृद्धि भए पछि लामाे दुरीमा चल्ने यात्रुवाहक शार्वजनिक सवरी साधनमा अनिवार्य दुई वटा चालक राख्नु पर्ने भएकाे छ ।

प्रहरी प्रधान कार्यालयले एक कार्यक्रमका विच राजधानीकाे नागढुङ्गामा लामाे दुरीमा चल्ने यात्रुवाहक शार्वजनिक सवरी साधन चलाउने चालक परिवर्तन भए नभएकाे जानकारी दिन तयार गरिएकाे ट्राफिक कम्युनिकेशन एप्लिकेसनकाे उद्घाटन गरेकाे हाे ।

एप्लिकेसनकाे उद्घाटन गर्न पुगेका प्रहरी नायव माहानिरिक्षक पुर्ण चन्द्र जाेशीले दुर्घटनामा वृद्धि अाए पछि कडाईका साथ लामाे दुरीका शार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएकाे मनिटरिङ्ग गर्न ट्राफिक कम्युनिकेशन एप्लिकेसनकाे विकास गरिएकाे वताए ।

उनलेे भने- ‘अाजैवाट कामकाे थालनी गरेका छाै, कसैले यात्रुहरूकाे संवेदनशीलता माथी खेलवाड गर्छ र यात्रुवाहक सवारीमा चालक परिवर्तन गर्न मान्दैनन भने तुरुन्त कारवाही गर्छाै ।”

कार्यक्रममा वाेल्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त कुमार पन्थले लामाे दुरीका यात्रुवाहक सार्वजनिक सवारी साधनका चालकहरूले चेकिङ स्थलमा फाेटाे सहित सवारी साधनकाे नम्बर सहितकाे विवरण दिए पछि जुनसुकै स्थान वाट पनि चेकिङ गर्न सकिने वताए । यात्रुहरूलाई चालकहरूले सुरक्षित स्थान सम्म अारामदायिक तवरले पुर्यावस भने हेतुले ट्राफिक कम्युनिकेशन एप्लिकेसनक फलदायी हुने वताए ।

राजधानी वाट छुटने लामाे दुरीमा चल्ने यात्रुवाहक शार्वजनिक सवरी साधन चलाउने चालक परिवर्तन भए नभएकाे जानकारी दिन तयार गरिएकाे ट्राफिक कम्युनिकेशन एप्लिकेसन राजधानीकाे नागढुङ्गा, वाँकेकाे काेहलपुर सिराहाकाे मिर्चैया र गाेरूसिङ्गेमा चेक जाँच गर्ने व्यवस्था गरिएकाे हाे । चालक परिवर्तन नभए १ हजार सम्म जनिवाना हुनेछ ।

कार्यक्रममा वाेल्दै काठमाडौ प्रहरी प्रमुख बसन्त लामाले प्रहरीले ल्याएकाे एप्लिकेसन सुरक्षाकाे दृष्टिकोणले फलदायी हुने वताए । उनलेे सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत जनताहरूकाे सवेदनशिलता माथी प्रहरी जहिले पनि गम्भीर रहदै अाएकाे वताए ।

सवारी तथा यातायात व्यवस्था ऐेन, २०४९ काे १०४. लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक छ घण्टापछि पालै पालोसंग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुने व्यवस्था छ ।

२०७५ माघ २७,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको