मौमस पूर्वानुमान: आजदेखि केही दिन सबैतिर घमाइला हुने


माघ २७, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशैभर मौसममा सुधार आउने जनाएको छ ।

‘पश्चिमी वायुको प्रभाव घटेको छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारपछिका केही दिन सबैतिर घमाइला हुनेछन् ।’

पश्चिम र मध्य भागमा शनिबार दिउँसोदेखि सुधार आएपनि पूर्वी भागमा साँझसम्मै पानी परेको थियो । यस पटकको मौसमी प्रणाली पहिलेभन्दा बलियो भएकाले सबैतिर वर्षा र हिमपात भएको विज्ञको भनाई छ ।

महाशाखाका अनुसार योपल्टको हिउँदे वर्षा विगतको भन्दा बढी हो । डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिना हिउँदे वर्षा हुन गरेको छ ।

फेब्रुअरीमा काठमाडौँमा औसतमा १८.७ मिलिमिटर वर्षा हुने गरेकोमा यो वर्ष ८ दिनमै दोब्बरभन्दा बढी (४२.५ मिमि) पानी परिसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

२७ माघ २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको