रमाइलो पिकनिक आयोजना गर्दै झापाली समाज युएई


पुष २६, युएइ । युएइमा सक्रिय सामाजिक संस्था झापाली समाजले रमाइलो पिकनिक आयोजना गरेको छ । हरेक वर्ष आयोजना गर्दै आएको पिकनिकलाई निरन्तरता दिन यसपालि पनि सामाजिक हितको उदेश्य लिएर पिकनिक आयोजना गरिएको झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईंले बताएका छन् ।

यसपालिको पिकनिकबाट प्राप्त मुनाफाको केही भाग झापाली समाजको असहाय बालबालिकाहरुको शिक्षाको लागि स्थापना गर्न लागिएको १० लाख रुपैयाँको अक्षयकोषमा जम्मा गरिने अध्यक्ष चापागाईंले बताएका छन । यो कोषमा हालसम्म ५ लाख रुपैयाँ जम्मा भैसकेको र केही रकम जम्मा गर्ने क्रममा रहेको समाजका काेषाध्यक्ष भरत बुढाथोकीले जानकारी दिएका छन् ।

समाजाको सारजहा क्षेत्रीय समिति र युवा खेलकुद तथा साँस्कृतिक विभागको संयोजकमा आयोजना हुने झापाली पिकनिकलाई यसपालि साँस्कृतिक वनभोजका रुपमा मनाइने साँस्कृतिक विभाग प्रमुख तथा गायक पारस लामाले बताएका छन् । युएईको नेपाली मञ्चहरुमा ख्याती कमाएका नेपाली कलाकारहरुको आकर्षक गीत, नृत्य तथा अन्य प्रस्तुतिहरु रहने गायक लामाले जानकारी दिएका छन् ।

पिकनिकमा स्वादिष्ट नेपाली खाना उपलब्ध गराइने र रमाइला खेलहरु पनि आयोजना हुने आयोजक समुहका संयोजक तथा समाजको सारजहा क्षेत्रीय अध्यक्ष रामकुमार राउतले बताएका छन् । दुबई र सारजहाको सिमानामा पर्ने समुद्री किनार समेत रहेको अल मम्जर पार्कमा आगामी फेब्रुअरी १ तारिख शुक्रबार आयोजना हुन लागेको उक्त झापाली पिकनिकमा सहभागी हुन झापाली समाजले सबै नेपालीहरुलाई आग्रह गरेको छ ।

२०७५ पुष २६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको