सल्यानमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु


पुस २६, सल्यान । सल्यानमा टयाक्टरले किच्दा एक जनाको मृत्यु भएको छ।

जिल्लाको शारदा नगरपालिका १ शान्तिनगरमा रा १ त १४४१ नम्बर को टयाक्टरले किच्दा रुकुम चौरजहारी नगरपालिका ६ घर भई हाल सल्यान शारदा नगरपालिका १ श्रीनगरमा बस्दै आएका अन्दाजी २४ वर्षीय राजेश जैशीको मृत्यु भएको हो ।

बिहीबार बिहान बिग्रिएको ट्रकलाई पछाडिबाट धकेल्ने क्रममा बिचमा राखिएको काठ भाँचिएर टयाक्टर व्याक हुँदा उनलाई सोहि टयाक्टरले किचेको थियो ।

घाइते जैशीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेका छन्। मृतक जैशी श्रीनगरमा ग्यारेजमा मिस्त्रीको काम गर्दै आइरहेका थिए ।

२०७५ पुष २६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको