झिल्टुङ्गको पहिचानलाई बृद्धि गर्न झिल्टुङ्ग नेपाल समाज गठन


पुस २६, नुवाकोट । झिल्टुङ्ग (दुईपिपल, रातमाटे र जिलिङ) मा रहेका नेपालहरुको सम्पन्न भएको भेलाले झिल्टुङ्ग नेपाल समाज गठन गरेको छ ।

भेलाले सर्वसम्मत रुपमा तदर्थ समितिको अध्यक्षमा दुईपिपल देउरालीका नारायणप्रसाद नेपाल चयन गरेको छ । भेलाले उपाध्यक्षमा रातमाटेका दामोदर नेपाल, सचिवमा जिलिङ्गका नारायण नेपाल र कोषाध्यक्षमा प्रकाश नेपाललाई चयन गरेको छ ।

पहिलो पटक भएको भेलाले तदर्थ समिति गठन सहित बंशावली खोज अनुसन्धानको लागी मुकुन्द नेपालको संयोजकत्वमा एक समिति, दामोदर नेपालको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र लुमडी नेपालको संयोजकत्वमा प्राविधिक समिति पनि गठन गरेको छ ।

समाजको अर्को बैठक आसन्न पुस २९ गते बस्ने भएको छ । समाजको गठन सगै अब उपसमितिलाई दिएको जिम्मेवारी अनुसार बंशावली खोजी, झिल्टुङ्गको पहिचानलाई बृद्धि, भवन निर्माणमा केन्द्रित हुने अध्यक्ष नारायणप्रसाद नेपालले जानकारी दिनुभयो ।

२०७५ पुष २६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको