नवलपरासीमा १६ बर्षीय युवतीमाथि चक्कु प्रहार


पुस २६, नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर-७, पिपरपातीमा बिहीबार बिहान एकजना छात्रामाथि चक्कु प्रहार भएको छ ।

घरबाट साइकलमा विद्यालय जाँदै गर्दा प्रतापपुर गाउँपालिका वडा नम्बर-७ का मुगु केवटकी १६ वर्षीया छोरी अनिता केवटमाथि उखुबारीबाट एक्कासि मुख छोपेर तीन जना नचिनेका मान्छेले चक्कु प्रहार गरेका थिए ।

चक्कुले लागेर घाइते भएकी अनिताको दाहिने हातमा चोट लागेको छ । अनिताको स्थानीय क्लिनिकमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

आक्रमणमा संलग्नहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । छात्रा केवट गणेश माध्यमिक विद्ध्यलय जगन्नाथपुरको कक्षा ८ मा अध्यनरत छिन्।

२०७५ पुष २६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको