पत्रकार विकलाई पक्राउ गर्नुको कारणसहित शुक्रबार उपस्थित गराउन सर्बोच्चको आदेश


पुस २६, काठमाडौं । पत्रकार गणेश बिकलाई शुक्रबार सर्बोच्च अदालतमा पक्राउ गर्नुको कारणसहित उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

महान्यायाधिवक्ताको कार्यलयमार्फत पक्राउ गर्नुको लिखित जवाफ र बन्दीसहित उपस्तिथि गराउन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट गृहमन्त्रालय लगायत विपक्षिहरुको नाममा आदेश जारी गरेको हो ।

पत्रकार जितेन्द्र महर्जनले पुस २४ गते दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणकाे रिटमाथिकाे बहसपछि यस्तो आदेश आएको हो ।

बहसमा रिट निवेदनकाे पक्षबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ता कपिल चन्द्र पोख्रेलले बहस पैरवी गरेका थिए ।

पत्रकार विकलाई पुस १९ गते बझाङ सदरमुकाम चैनपुरबाट पक्राउ गरि साइबर क्राइमको अभियोग लगाइ २१ गतेदेखि काठमाडौंको टेकु हिरासतमा राखिएको छ।

२६ पुष २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको