नयाँ दिल्ली जाँदै परराष्ट्रमन्त्री ज्ञवाली


पुस २६, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार भारतको नयाँ दिल्ली जाँदै छन् ।

उनी नयाँ दिल्लीमा जारी रायसिना डायलग–२०१९ मा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

सम्मेलन मंगलबार सुरु भएका हो र बिहीबार सकिँदैछ । परराष्ट्रमन्त्री ज्ञवालीले बिहीबारको मन्त्रीस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि मन्त्री ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

स्वराजले मन्त्री ज्ञवालीको सम्मानमा दीवा भोजको आयोजना गर्दै छिन् । मन्त्री ज्ञवाली शुक्रबार नेपाली समुदायसँगको भेटपछि सोही दिन बेलुका स्वदेश फर्किने छन् ।

२०७५ पुष २६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको