रोल्पामा १२ पास नगर्नेलाई गाउँपालिकाको सेवासुविधाबाट वञ्चित गरिने


पुस २६, रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिकाले महत्वाकांक्षी योजना ल्याएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

आफ्नो क्षेत्रको शैक्षिक स्तर सुधारका लागि भन्दै उक्त गाउँपालिकाले १२ कक्षा उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने निर्णय गरेको हो।

‘अब यस गाउँपालिकाभित्र अध्ययन गर्ने हरेक विद्यार्थीले अनिवार्य रूपमा कक्षा १२ उत्तीर्ण गर्नुपर्नेछ। यदि बीचमै पढाइ छाडेको पाइए गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवासुविधा कटौती गर्नेछौं,’ गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले भने। यदि कोही घरको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसक्ने छ भने उसले वडा वा गाउँपालिका कार्यालयमा निवेदन दिए कक्षा १२ सम्म पढाउने जिम्मा आफूहरूले लिने अध्यक्ष घर्तीले बताए।

प्रत्येक वडामा कक्षा १२ सम्मको विद्यालय सञ्चालन गर्ने तथा गाउँपालिकाभित्र एउटा क्याम्पस स्थापना गर्ने तयारी भइरहेको स्मृति गाउँपालिकाले जनाएको छ। ‘हिजोका दिनमा शैक्षिक संरचना बनेका छन्, अब त्यसको अधिकतम प्रयोग गर्दै शैक्षिक स्तर सुधारमा ध्यान केन्द्रित गरेका छौं,’ अध्यक्ष घर्तीले भने, ‘अब हाम्रो गाउँपालिकाका सबै बालबालिकाले १२ कक्षा पास गेरका हुनेछन्।’ झट्ट सुन्दा अलि महत्वाकांक्षी योजनाजस्तो देखिए पनि यसलाई सफल बनाएरै छाड्ने उनको दाबी छ। उनले थपे, ‘अब सबैले पढ्नैपर्छ र पढ्नुको विकल्प छैन। शिक्षाको विकल्प शिक्षा नै हो। अहिलेसम्म विकास भनेर सडक र भौतिक संरचना निर्माणलाई मात्रै ध्यान दिइयो।’ अब शिक्षामा बढी लगानी गर्ने अध्यक्ष घर्तीको भनाइ छ।

‘पढाइ छाड्ने धेरै कारण हुन्छन्। आर्थिक मात्र नभएर अन्य कारण पनि हुन सक्छन्। सेवा–सुविधा नै रोक्छौं भन्नु अलि बढी नै हो कि,’ रोल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बालकृष्ण सुवेदी भन्छन्,‘बरु स्थानीय सरकारले आर्थिक अभावका कारण कसैले विद्यालय छाड्नुपर्दैन हामी सहयोग गर्छौं भनेको भए राम्रो हुन्थ्यो।’

उँपालिकाले शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव शून्यमा झार्नेसमेत दाबी गरेको छ। ‘राजनीतिको झोला बोक्ने शिक्षकलाई विद्यालय छाडेर राजनीति गर्नुस् भनेका छौं,’ गाउँपालिका अध्यक्ष घर्तीले भने, ‘अब हाम्रा विद्यालयहरूमा शिक्षकले राजनीति गर्न पाउँदैनन्। हाम्रा विद्यालय शान्ति क्षेत्र बन्नेछन्।’ यो अभियानमा सहयोगी संघसंस्था एवं दातृ निकायहरूलाई पनि सहभागी हुने वातावरण निर्माण गरिने उनको भनाइ छ।

यो योजनालाई नजिकबाट नियालेका शिक्षा स्रोतव्यक्ति केशवराज पोख्रेल पनि योजना महत्वाकांक्षीजस्तो देखिए पनि यसले समग्र शिक्षा सुधारमा सकारात्मक प्रभाव पार्ने दाबी गर्छन्।

‘प्रायः सबैले आफ्ना सन्तान पढाउने क्षमता राख्छन्। यदि कोही आर्थिक कारणले पढाउन नसक्ने अवस्थामा छन् भने तिनका छोराछोरीलाई गाउँपालिकाले पढाउनेछ,’ उनले भने, ‘गाउँपालिकाभरिका सबै बालबालिका कम्तीमा १२ पास गरेका होउन् भन्ने मान्यताले यो योजना लागू गरिने भएको हो।’

स्थानीय स्तरमा यतिबेला यो विषयले निकै चर्चा पाउन थालेको छ। ‘पढाइ छाड्ने धेरै कारण हुन्छन्। आर्थिक मात्र नभएर अन्य कारणले पनि पढाइ छाड्न सक्छन्। सेवासुविधा रोक्छौं भन्नु अलि बढी नै हो कि,’ रोल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बालकृष्ण सुवेदी भन्छन्,‘बरु स्थानीय सरकारले आर्थिक अभावका कारण कसैले विद्यालय छाड्नुपर्दैन हामी सहयोग गर्छौं भनेको भए राम्रो हुन्थ्यो।’

गाउँपालिकाले शैक्षिक क्षेत्रमा यति चासो दिनु सकारात्मक कुरा भएको उनले बताए। उनले थपे, ‘यो विषयलाई कसरी अगाडि लैजान सकिन्छ सबैले ध्यान दिनुपर्छ।’ जिल्लामा पछिल्लो समय शैक्षिक स्तर खस्कँदै गएका बेला स्थानीय सरकारले ल्याएको यो योजनाप्रति आमचासो बढेको छ।

२६ पुष २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको