जनपक्षीय पत्रकारलाई घेराबन्दीमा पार्न खोजियो: अध्यक्ष डुम्रे


पुस २६, कालिकोट । क्रान्तिकारी पत्रकार सँगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनपक्षीय पत्रकारकारीता माथि दिन प्रतिदिन राज्य पक्षबाट हस्तक्षेप बढ्दै गएको टिप्पणी गरेका छन ।

क्रान्तिकारी पत्रकार सँगठन नेपाल भेरी कर्णाली क्षेत्रीय समन्वय समितिले कालिकोटको रास्कोटमा अायोजना गरेको जनसञ्चार अभियान एवम् जनपक्षीय पत्रकारिता तालिमको उदघाटन गर्दै अध्यक्ष डुम्रेले राज्य पक्षले विभिन्न बहानामा जनपत्रकारहरुलाई हस्तक्षेप गर्दै मिडियाको घाटी निचोरेको बताए ।

जनताका पक्षमा बोल्दै प्रगतिशील अान्दोलन लाई सैद्धान्तिक हिसाबले सहयोग गर्दा राज्य एकपछि अर्को मुद्दामा दुख दिएको भन्दै अान्दोलन गर्न अाम पत्रकारलाई अनुरोध समेत गरेका छन ।

समाजमा व्याप्त अभाव,अशिक्षा,असमानता,भष्ट्रचार बढ्दै गएको छ यस्तो अवस्थामा जनपक्षीय पत्रकारहरुको भुमिका बढेको भन्दै विश्वस्त भएर गलत तत्वको विरुद्ध कलम चलाउन अध्यक्ष डुम्रेले अाग्रह गरे ।

अर्को प्रशङ्गमा बोल्दै अध्यक्ष डुम्रेले कर्णालीका जनताका पक्षमा लेख्ने र बोल्ने सक्षम जनपत्रकार बनाउने उदेश्यले तालिम अायोजना गर्नु अाफैमा महत्त्वपूर्ण भएको जिकिर गरेका छन ।

उदघाटन कार्यक्रम बोल्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज समरले श्रमजीवी जनताका पक्षमा कलम चलाउने पत्रकारहरुको अभाव हुदै गएको बेला कर्णालीको कालिकोटमा तालिम राखेर कालिकोटको अभाव,अशिक्षा बारे कलम चलाउने पत्रकार बनाउने प्रयासको लागि अायोजकलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा कालिकोटका जिल्ला सेक्रेटरी रणदिपले पत्रकारले गलत पक्ष सँग सम्झौता गर्न नहुने बताए । कार्यक्रममा सँगठनका महासचिव हिम बिष्टले तालिम बाट उत्पादित पत्रकार कर्णालीका पक्षमा बोल्न र लेख्न सक्षम पत्रकार बन्ने बताए ।

३ महिने जनसञ्चार अभियान उदघाटनको क्रममा कालिकोटको रास्कोट पुगेका सँगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,महासचिव हिम बिष्ट,कोषाध्यक्ष जानकि चौधरी,भेरी कर्णाली क्षेत्रीय समन्वय समिति सँयोजक टिका केसि,गण्डकी धौलागिरी क्षेत्रिय समन्वय समिति सँयोजक अोम हमाल,केन्द्रीय राजकुमार योगी लगाएतको टोली कालिकोटको रास्कोट पुगेको छ ।

उदघाटन कार्यक्रमको अध्यक्षता क्षेत्रीय समन्वय समिति सयोजक टिका केसि,सञ्चालन केन्द्रीय सदस्य राजकुमार योगिले गर्नुभएको थियोे भने स्वागत कर्ण दिप विकले राख्नु भएको थियो ।

आस्था, बिचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता श्रमजीवीको हक, हित र जनपक्षीय पत्रकारिताको बिकासमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा लिएर दुर्गम क्षेत्रमा अभियनमा जुटेको संगठनले जनाएको छ ।

बुधबार देखि शुरु हभएको कर्णाली स्तरीय जनपक्षीय पत्रकारिता समन्धी तालिमको उदघाटन कालिकोटको रास्कोटमा अध्यक्ष डुम्रेले गरेका छन तालिममा झण्डै ३० जना प्रशिक्षार्थी सहभागी भएका छन ।

संगठनले यस अघिपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार बिषयक अन्तरक्रिया एवम् बहस कार्यक्रम देशव्यापी सन्चालन गरेको थियो ।

२०७५ पुष २६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको