अटो रिक्सा दुर्घटनामा होममायाकाे मृत्यु, श्रीमान् र छोरा घाइते


पुस २६, भरतपुर । चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३ वर्षीय होममाया थापा (लामिछाने) को चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अटोमा सवार उनका श्रीमान् ३५ वर्षीय सन्तोष लामिछाने र छोरा पाँच वर्षीय सुशान्त घाइते भएका छन् ।

गम्भीर घाइते सुशान्तको भरतपुरमा उपचार हुन नसकेपछि ग्राण्डी अस्पताल काठमाडौँ सिफारिश गरिएको छ । अटो र अटो चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

२६ पुष २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको