दाङमा थुनुवाको उपचारकै क्रममा मृत्यु


पुस २६, दाङ । जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएकोे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार अपराह्न ४ बजेतिर बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको हो ।

हातखुट्टा सुन्निने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएका महराको पौने ७ बजेतिर मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । उनको शव परीक्षणका लागि सोही प्रतिष्ठानमा राखिएको छ ।

२६ पुष २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको