बक्सिङमा भारतलाई पराजित गर्दै मिनुले जितिन् स्वर्ण


मङ्सिर २३, काठमाडौँ । जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका लागि मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते हलमा ५४ केजी तौल समूहमा भएको खेलमा भारतकी शिक्षालाई पराजित गर्दै नेपालका लागि स्वर्ण जितेकी हुन् ।

यससँगै नेपालको स्वर्ण पदक सङ्ख्या ४६ पुगेको छ । नेपाल ४६ स्वर्ण सहित पदक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ । भारत १३४ स्वर्णसहित पहिलो स्थानमा छ ।

२०७६ मंसिर २३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको