प्रधानमन्त्री सक्रियता बढ्यो, आज मन्त्रिपरिषद बैठक बस्दै


मंसिर २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक सोमवार बस्दैछ । एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्किएपछि प्रधानमन्त्री विस्तारै काममा फर्किएका छन् ।

१४ दिनअघि प्रधानमन्त्रीलाई अचानक स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चार दिनअघि अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्रीले यसबीचमा सीमित व्यक्तिहरुसँग मात्र भेटघाट गरेका छन् ।

मन्त्रिपरिषद बैठक अपरान्ह ४ बजे बोलाइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए । यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरुका बारेमा अर्का अध्यक्ष प्रचण्डसँग पनि परामर्श गरेका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र अहिले पूर्ववत काममा फर्किसकेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए । यसबीचमा पोखरेलसहित केही मन्त्रीसँग प्रधानमन्त्रीले परामर्श गरेका छन् ।

प्रधानमन्त्री अस्पतालमै भएका बेला अर्का अध्यक्ष प्रचण्डले सचिवालय बैठक राखेका थिए ।

२०७६ मंसिर २३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको