कात्तिक २३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतले बखेडा खडा गर्न नहुने बताएका छन् ।
लिम्पीयाधुराबाट उत्पती भएको कालीनदी नै नेपाल र भारतको सीमा नदी भएको उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘लिम्पीयाधुराबाट उत्त्पती भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीबित मानिसहरुका भनाईबाट प्रस्ट छ। यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहू खोज्नुको कुनै तुक छैन।’
उनले सीमा विवादबाट भारत पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुने बताएका छन्। ‘नेपालले छोड्ने कुरै आउँदैन। सिंगो नेपाल एक छ,’ मन्त्री भट्टराईले फेशबुकमा लेखेका छन् ।
हेर्नुस भट्टराईले फेसबुकमा राखेको स्टाटस जस्ताको तस्तै
लिम्पीयाधुराबाट उत्त्पती भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा एेतिहासिक तथ्य, प्रमाण, कागजात र जीबित मानिसहरुका भनाईबाट प्रस्ट छ । यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहू खोज्नुको कुनै तुक छैन । भारत पछी हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुन्छ । नेपालले छोड्ने कुरै आउंदैन । सिंगो नेपाल एक छ ।
प्रतिक्रिया दिनुहोस