जहाजमा हुने खानेकै रजाइँ


कात्तिक २३, बाजुरा । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका–६ का नर बोहरा बिरामी भएर जहाजमा जान पाउने आशामा कोल्टी बिमानस्थलमा आएको दुई दिन भयो तर जहाज चढेर उपचार हुनु त परै जाओस उनले जहाजको टिकटसम्म पाएका छैनन् । बोहरा मात्र नभई उनी जस्ता टाढाबाट आएका चिना परिचय नभएकाहरुले जहाजको टिकटसम्म पाउँदैनन् ।

फाइल तस्बिर 

यो खबर निमेन्द्र शाहीले राजधानी दैनिकमा लेखेका छन् । बोहरा पाठा ( भेडाबाख्रा) मा चामल भर्ने भनेर साथीसंग घरबाट आएको अवस्थामा बिरामी भएपछि साथीले उपचार गरेर आउनु भनेर पठाएपछि बिरामी भएका हुन् । अहिले उनलाई बिरामीले च्याप्न थालेको छ । ‘प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि उनी थप उपचारका लागि जिल्ला बाहिर जानु परेको हो । जिप र गाडीमा जानका लागि जना नसकिने भएको छ । यहाँ जहाज आउँदैनन् । आए पनि टिकट पाइएको छैन’ बोहराले भने ।

बाजुराको जगन्नाथ गाउँपालिका–३ का ललिबहादुर बुढा पनि दशैँ मनाउन घर आएका थिए, अहिले घरबाट पुन काममा फर्किन समस्या भएको बताउँछन् । ‘कर्णाली करिडोरमा गाडी कम छन् । भनेको बेला गाडी पाइँदैन, काउन्टर नजिक भएका र पिलुचौरकाले गाडी पाउँछन् । हामीलाई कठिन छ, कोल्टीमा जहानमा पनि टिकट लिन गयो भने गएको दुई तिन दिनसम्मको टिकट नभएको बताउने गरेका छन् ।’

बुढीनन्दा नगरपालिका–१ साउने गाउँका लक्ष्मण जोशीले भने, ‘यहाँ टिकटको दलाली हुन्छ, पहिला आफ्ना र आफ्ना वरपरका मान्छेलाई टिकट दिन्छन् । उनीहरु गइसकेपछि आफ्ना गाउने र नेता कर्मचारीको पालो आउँछ त्यसपछि मात्र अरुको पालो आउने, कमजोर मान्छेलाई कही पनि काम छैन् ।’ जोशीले थपे, ‘आउँदा गाडी नपाएर रिर्जभ गरेर आउनु परेको थियो, टिकट नपाएपछि चर्को भाडा तिर्नै प-र्यो । जिप नै रिर्जभ गर्ने सबैको हैसियत हुँदैन सर्बसाधारणलाई कठिन छ ।’

बाजुरा जिल्लाको पूर्वी क्षेत्रमा सडक सञ्जाल आंशिक रुपमा जोडिएको छ । सदरमुकाम मार्तडीसम्म कालो पत्रे सडक छ । बिभिन्न प्रालिका आठ भन्दा बढी रात्री र दिवा सेवाका बसहरु सञ्चालन हुने गरेका छन् । कोल्टी बिमानस्थलमा नेपाल बायुसेवा निगको जहाज आक्कल झुक्कल आए पनि अधिकांश समय निजि कम्पनीले उडान भर्ने गरेका छन् । जनताहरुलाई आवत जावतमा सकस हुने गरेको छ ।

‘बाजुरा भएर हुम्ला र मुगुका जनता र बाजुराका जनता यही बाटो भएर हिंड्ने गरेका छन् । दशैं तिहारमा देश बिदेशबाट आएकाहरुलाई जान र आउन समस्या छ’, जगन्नाथ गाउँपालिका धनबहादुर शार्कीले भने ।

बाजुरा जिल्लामा कर्णाली करिडोरबाट कालिकोट हुँदै सुर्खैत, साँफे मार्तडी सडक खण्डबाट अछाम हुँदै धनगढी र महेन्द्रनगर जान सकिन्छ भने, हवाई यात्राबाट सुर्खैत र नेपालगंज दुबै ठाउँमा जहाज जाने गरेको छ । यति हुँदा पनि तिन जिल्लाका यात्रुलाई आफ्नो काममा फर्किन सकस भएको छ ।

२३ कार्तिक २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको