स्कुटर दुर्घटनामा घाइते विप्लबका जिल्ला नेता हस्पिटलको उपचार कक्षबाटै पक्राउ


भदौ २३, तनहुँ । नेत्रबिक्रम चन्द ‘विप्लब’का तनहुँ जिल्ला सदस्य विलास परियारलाई हस्पिटलमा उपचार गराउदा-गराउदै प्रहरीले पक्राउ गरेर लगेको नेकपा तनहुँले जनाएको छ । स्कुटर दुर्घटनामापरि पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दागर्दै हस्पिटलको बेडबाटै लगेको हो ।

नेकपा तनहुँका जिल्ला इन्चार्ज पुर्नजित पुनका अनुसार दुर्घटनामा घाइते परियारलाई हस्पिटलले अझै एक हप्ता उपचार गराउनु पर्ने बताउदापनि डाक्टरको सल्लाहलाई लत्याएर गिरफ्तारगरि आइतबार २२ गते बेलुका तनहुँ परहरिले दमौली हिरासतमा लागेको छ ।

उक्त गिरफ्तारीलाई प्रहरीको अमानवीयता कार्य भन्दै बिज्ञप्ति मार्फत नेकपा तनहुँले भर्त्सना गरेको छ । बिज्ञप्तिमा भनिएको छ “उपचार पनि गर्न नदिने, सामान्य मानवीयता पनि नराख्ने कस्तो कानुन हो ! कस्तो प्रसासन हो ? युद्द्कै आधारभूत नियममा पनि शत्रुको उपचार गर्नुपर्दछ ।”

इन्चार्ज पुर्नाजित पुन र सेक्रेटरी आनन्दद्वारा जारि बिज्ञप्ति मार्फत प्रहरी प्रसासनको यस्तो घोर अमानविय क्रुरता र बर्बरतालाई रोक्न चेतावनी दिएको छ । प्रहरीको यस्तो कदम राज्यआतंक र अमानविय हर्कत मानबअधिकार र लोकतन्त्र बिरुद्द भएको जनाउदै राजनीतिक दलहरु, नागरिक समाज, मानवअधिकारकर्मी लगायत न्याय प्रेमी शक्तिहरु आ-आफ्नो ठाउबाट बोल्न र यस्तो हर्कत रोक्न अपिल समेत गरेको छ ।

हेर्नुहोस बिज्ञप्ति यस्तो छ:

२३ भाद्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको