पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृशोक


भदौ २३, काठमाडौँ । नेपाल पत्रकार महासँघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ ।

उनका बुबा यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा सोमबार बिहान काठमाण्डौको कीर्तिपुरमा रहेको निवासमा निधन भएको हो । उनि केही समयदेखि अस्वस्थ भएका थिए ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा लगायत नेता, पत्रकार लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

२३ भाद्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको