साउन २४, काठमाडौँ । वीरगन्ज महानगरपालिका–४ विर्ता बजारमा शुक्रबार साँझ बम विस्फोट हुँदा एक महिलासहित दुईजना घाइते भएका छन् ।
विस्फाेटमा घाइते सीता गिरी । तस्बिर: अन्नपूर्ण पोष्ट
कागती बेच्ने खुद्रा व्यापारी भारतको रक्सौल घर भएका २४ वर्षीय मिठु कम्कड र वीरगन्जको आदर्शनगरकी ३७ वर्षीया सीता गिरी घाइते भएका हुन् । दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
सवा ७ बजेतिर तरकारी बजारमा मान्छेहरुको भीडभाडका बीच सुतली बम विस्फोट गराइएको थियो । वडाध्यक्ष जगत साह कानुका अनुसार मिठुले बेच्न राखेको कागतीको क्यारेट (प्लाष्टिकको टोकरी) मुनि राखिएको सुतली बम पड्किएको थियो ।
पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने प्रारम्भिक अनुसन्धानका क्रममा बम नभइ माल्टा बारुद भन्ने पटाका पड्कीएको बताए ।
प्रतिक्रिया दिनुहोस